दुखद खबर : लेटाङ्गमा कुलोले बगाएर २ बर्षिय बालकको ज्यान गयो

News

मोरङ्गको लेटाङ्ग ९ ।

जाँतेमा खेतमा गर्न पानी ल्याउने गरेको कुलोले बगाउँदा एक बालकको मृ”त्यु भएको छ । बालकलाई श्रावण १२ गते विहिबार दिउँसो अन्दाजी २ बजे कुलोले घर देखि करिव पाँच सय मिटर जति बगाएको थियो ।

कुलोले बगाई घाईते बालकको उपचारको क्रममा विराटनगर स्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको जनाईएको छ ।कुलोले बगाएर मृ”त्यु हुनेमा स्थानिय लेखराज राईका दुई बर्षका छोरा हिटलर राई रहेका छन् ।

लेखराजका दुई सन्तान मध्ये हिटलर परिवारका एक मात्र छोरा थिए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****आफु सँग खेल्दै गरेको छोरालाई खाटमा राखेर शौचालय गएकी आमा शौचालयबाट फर्किदा ।

नानी नदेखेपछि खोज्ने क्रममा घर देखि करिव ५ सय मिटर तल होम पाइपको मुखमा पानीले घुमाउँदै गरेको अवस्थामा भेटिएको आमा लिला राईले बताईन ।घा”ईते अवस्थामा फेलापरेका भतिजको नोबेल अस्पताल ।

बिराटनगरमा उपचारकै क्रममा ज्यान गएको काका डिल्लीले बताएका छन । मृ”तक बालकका बुवा लेखराज राई बैदेशिक रोजगारको शिलशिलामा कतारमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published.