बुधबार , जेठ ४, २०७९

ओली ७ महिनापछि बालुवाटार जाँदै

माघ २३, २०७८ आइतबार 152

काठमाडौं, २३ माघ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज अपरान्ह बालु वाटार जाने तय भएको छ । उनी प्रधानमन्त्री शेरबहादुर देउवा सँग कुराकानी गर्न बालुवाटार जान लागेका हुन् ।प्रधान मन्त्रीबाट हटेपछि ओली ७ महिना अघि सिधै बालकोट गएका थिए ।

त्यसपछि उनी बालुवाटार पसेका थिएनन् । उनी आज बालुवाटार गएमा आइसब्रेक हुनेछ ।देउवा र ओलीबीच भेटवार्ताहरु भएपनि बालुवाटारमा नभई अन्य स्थानहरुमा भएको थियो । ओलीलाई एक महिना अगाडि देउवाले बालकोटमा भेटेका थिए ।

दुई नेताबीच विभिन्न कार्यक्रमहरुमा भेटवार्ता भएको थियो ।देउवा र ओलीबीच भेटवार्ताहरु भएपनि बालुवाटारमा नभई अन्य स्थान हरुमा भएको थियो । ओलीलाई एक महिना अगाडि देउवाले बालकोटमा भेटेका थिए ।

दुई नेताबीच विभिन्न कार्यक्रमहरुमा भेटवार्ता भएको थियो ।देउवा र ओलीबीच आजको भेटमा एमसीसीबारे महत्वपूर्ण सहमति हुने विश्वास गरिएको छ । दुई नेताले महत्वपूर्ण समझदारी समेत गर्न लागेका छन् ।

प्रतिकृया दिनुहोस्