काठमाडौं, २३ माघ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटार जाने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुभन्दा अघि ओलीसँग सल्लाह गर्न बोलाएपछि ओली आज बालुवाटार जान लागेका हुन् । प्रधानमन्त्रीबाट हटेपछि ओली ।
पहिलोपटक आज बालुवाटार जान लागेका हुन् ।प्रधानमन्त्री देउवा र ओलीबीच एक्लाएक्लै भेटवार्ता हुने चर्चा छ। अमेरिकी सहयोग सम्झौता एमसीसी संसद्बाट पारित गराउनेगरि प्रधानमन्त्री देउवाले आफूलाई सक्रिय तुल्याएका छन् ।
सत्ता गठबन्धनमा एमसीसीको कारण खटपट सुरु भएको छ ।यसअघि नै प्रधानमन्त्री देउवाले एमसीसी पास नगराउने हो भने आफूले गठबन्धन तोड्ने र एमालेको सहयोग लिएर पास गराउने गठबन्धनका नेताहरुलाई चेतावनी दिईसकेका छन् ।
आजमात्रै प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रुपमा अमेरिकालाई लेखेको पत्र सार्वजनिक भएको छ।उनीहरुले गत सेप्टेम्बरमा एमसीसीको नाममा पत्राचार गरेर ४÷५ महिना पर्खन ।
आग्रह गरेका थिए । उता, एमसीसीले पनि यही फेब्रुअरी ३ मा प्रधानमन्त्री देउवा र प्रचण्डलाई पत्र लेख्दै यही फेब्रुअरी २८ तारिखसम्म एमसीसी पास गर्ने वा फेल गर्ने भन्नेबारे निर्णय लिईसक्न भनेको छ ।
प्रतिकृया दिनुहोस्