बुधबार , जेठ ४, २०७९

देउवा-प्रचण्ड चर्काचर्की, गठबन्धन तोडिदै

माघ २३, २०७८ आइतबार 180

काठमाडौं, २३ माघ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीको विषयमा देउवा र प्रचण्डबीच चर्का चर्की भएको हो ।देउवा र प्रचण्डबीच टेलिफोन वार्तामा एम सीसी बारे छलफल हुँदा ।

एक अर्कामाथि आक्रोश पोखेको बुझिएको छ । देउवाले आज साँझ डाकेको मुख्य दलको बैठकमा प्रचण्डले आउन नसक्ने जवाफ दिएका छन् । उनले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएकोमा देउवासँग असन्तुष्टि पोखेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार प्रचण्डले पत्र लिक गरेकोमा प्रश्न उठाएका थिए । यसले दुई नेताबीच चर्काचर्की भएको थियो ।देउवासँगको टेलिफोन कुराकानी गर्दै प्रचण्डले बालुवाटारमा साँझ डाकेको बैठकमा नेकपा एकीकृत ।

समाजवादीका अध्यक्ष माधव कुमार नेपाल समेत सहभागी भए मात्र आफू आउने जवाफ दिएका थिए । तर, माधव नेपाल सहभागी भए ओली अनुपस्थित हुने भएबाट देउवा तयार भएनन् ।

प्रतिकृया दिनुहोस्