मन्त्री बस्नेतले बनाए आफ्नो खेत नजिकै राेड बिनाकाे ५ कराेडकाे पक्की पुल

News

वारि खेत छ, पारि पहरो ।

बीचमा बग्ने दरौंदी नदीमाथि पाँच करोडको लागतमा मोटरेबल पुल बनाइँदै छ । सडक नै नजोडिएको ठाउँमा गाडी चल्ने पुल निर्माण गरिएकामा स्थानीय बासिन्दा चकित छन् ।‘रंग न ढंगको विकास पाएका छौं,’ स्थानीय गणेशकुमार नगरकोटीले भने ।

गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको पहलमा सिरानचोक गाउँपालिका–५ जरेवर र गोरखा नगरपालिका–३ नारेश्वर जोड्ने पक्की पुल बन्दै गरेको हो । मानिस आउजाउका लागि भने यो मोटरेबल पुलनजिकै झोलुंगे पुल छ ।

नारेश्वरतर्फ करिब सय मिटर दूरीमा सडक ल्याइएको छ, तर उक्त सडक प्रयोगमा छैन ।किनकि, सडक र पुलको बीचमा जंगल पर्छ । जरेवरतर्फ निर्माणाधीन मोटरेबल पुलको डेढ किलोमिटर दूरीमा बाह्रकिलो बारपाक सडक छ ।

नारेश्वरतर्फबाट ल्याइएको सडकलाई मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने बाह्रकिलो बारपाक सडकसँग जोड्ने बताइएको छ । पुलबाट जरेवरतर्फ भने सडक छैन, स्थानीयको खेत छ ।आवश्यक हो कि होइन भन्ने विषयमा सरसल्लाहसमेत नगरी ।

पुल निर्माण थालिएको हो । आफूखुसी बनाइँदै गरेको पुलसँग जोड्ने सडक निर्माणका लागि खेत मास्न नदिने स्थानीय बताउँ छन् । ‘खेतधनीसँग सल्लाह नगरी भटाभट पैसा खन्याएर पुल बनाउन थालियो,’ नगरकोटीले भने, ‘धान खाने खेत मासेर सडक बनाउन दिँदैनौं ।’

Leave a Reply

Your email address will not be published.