चर्चित भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ।चर्चित गायिका मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हिन्दुस्तान टाइम्सले ।
समाचार लेखेको छ।फोक्सोमा संक्रमण देखिएपछि उनलाई सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो।
लता मंगेशकरले २८ सेप्टेम्बरमा ९० औं जन्म दिन मनाएकी थिइन् । सन् २००१ का उनले भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गरिएको थियो । २८ सेप्टेम्बर, १९२९ मा जन्मिएकी मंगेशकरले विभिन्न चर्चित पुरस्कार समेत पाएकी छन् ।
उनले ३६ भारतीय भाषामा गीत रेकर्ड गराएकी छन् । उनले १९४८ देखि १९७४ को बिचमा २५ हजारभन्दा बढी गीत गाएकी थिइन् । सन् १९७४ मा उनको नाम ।
सबैभन्दा बढी गीत रेकर्ड गराउने गायिकाको रुपमा गिनिज बुकमा समावेश भएको थियो । मंगेश करले नेपाली चलचित्रका लागि पनि गीत गाएकी थिइन्।
प्रतिकृया दिनुहोस्