बुधबार , जेठ ४, २०७९

प्रचण्ड र देउवाले एमसीसी पारित गर्न अमेरिकालाई पत्र पठाएको खुलासा

माघ २३, २०७८ आइतबार 121

काठमाडौं, २३ माघ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई २९ सेम्टेम्बर मा पत्र पठाएको खुलासा भएको छ । पत्रमा देउवा र प्रचण्डले एमसीसी पारित गर्ने प्रतिवद्धता समेत गरेको उल्लेख छ ।

एमसीसी मुख्यालयले नै २९ सेप्टेम्बरमा चार या पाँच महिनाभित्र एमसीसी पारित गर्न समय दिन भन्दै देउवा र प्रचण्डले पत्र पठा एको खुलाएको हो । यही आधारमा एमसीसीले २८ फेब्रुअरीलाई समयसीमा दिएर टुंगो दिन भनेको छ ।

यसअघि देउवाले बेलायत भ्रमणबाट फर्किएर प्रचण्डसहित आफूले पत्र पठाएको खुलासा गरेका थिए । प्रचण्डले भने एमसीसी पारित गर्नेबारे उल्लेख ।

नगरेको अभिव्यक्ति दिदै खण्डन गरेका थिए । तर, एमसीसीले नै पारित गर्न ५ महिनाको समयसीमा मागेको उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्