यिनै हुन् हिजो काठमाडौँमा ज्यान गुमाउने सुनिता,का छोरी आशिका र छोरा आशिक

News

राजधानीको तारकेश्वर ।

नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा श्रीमान–श्रीमतीको विवाद र शंकाले परिवार नै सखाप भएको छ । पारिवारिक विवाद र त्यसमाथि सम्पत्तिको लफडाले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक ।

अनुसन्धानबाट खुलेको छ ।प्रहरीका अनुसार मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता ।

पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् । प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएकाहरुको शव उठाएको छ ।

पोष्टमार्टमका लागि मृत भेटिएका चारैजनाको शव उठाइएको हो । केहीबेर अघि स्थानीयवासीले पोस्टमार्टमका लागि शव उठाउन खोज्दा अवरोध सिर्जना गरेका थिए ।

सोमबार विहान गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए ।

यसरि थाहा भयो घटना काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित पदमसालमा सोमबार बिहान ८ बजेतिर आर्मी स्कुलको गाडी रोकियो । गोरखा भिमसेनथापा गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिनेश पाण्डेकी छोरी ।

आशिका सैनिक स्कुलमा पढ्थिन् ।गाडी धेरैबेर रोकियो तर आशिका बस चढ्न आइनन् । स्कुलका स्टाफले बोलाइदिन आग्रह गरेपछि एकजना छिमेकी पाण्डेको घरमा गए ।

पदमसालस्थित मुल सडकबाट करिब २ सय मिटरभित्र रहेको एकतले घरको ढोका खुलेन । झ्यालबाट हेर्दा विभत्स दृश्य देखियो ।

Leave a Reply

Your email address will not be published.