बुधबार , जेठ ४, २०७९

प्रचण्ड पुत्री मेयर रेणुले कसैले कल्पना नगरेकाे काम गरेपछि कट्टर विराेधी ज्ञाणेन्द्र शाही नै चकित

माघ २१, २०७८ शुक्रबार 312

काठमाडाैँ ।

सरकारले चितवनको भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदनका आधारमा भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएको हो ।

शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवं जग्गा पहिचान समितिले केही समयअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको थियो ।समितिले मन्त्रीलाई बुझाएको प्रतिवेदनमा भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुक्त हुने ।

सिफारिस गरेको थियो । शिक्षा मन्त्रालयका अधिकारीका अनुसार सैद्धान्तिक सहमति पाइसकेपछि काम थप अगाडि बढाउने बाटो खुलेको छ ।समितिले भरतपुर महानगरपालिका–१५, भगवानपुर, भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगाती, सूर्यविनायक नगरपालिका–४ गुन्डु ।

र मकवानपुरको थाहा नगरपालिका–१० चित्लाङमा शिक्षक अस्प ताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो ।समितिले भरतपुर महानगरपालिका–१५ मा शिक्षक अस्पतालका लागि २१ बिघा जग्गा उपुयक्त रहेको प्रतिवेदनमा उल्लेख छ ।

डा. विमल शर्मा चालिसेको संयोजकत्वमा समितिले अध्ययन गरेको थियो । सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहेको र भौतिक संरचना निर्माण गर्न जग्गा सम्याउने, पर्खाल लगाउनेजस्ता साइट डेभलप्मेन्ट कार्यमा सहज हुने उल्लेख छ ।

संघीय शिक्षक अस्पतालका लागि हाल तीन सय बेडको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउने तयारी छ । सरकारबाट स्वीकृत मापदण्डबमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, ।

प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधासहित रहनेछन् ।वातावरणीय संरक्षण ऐन २०७६ बमोजिम वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी मापदण्डअनुसार जनशक्ति व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाउने ।

निष्कर्षसमेत समितिले निकालेको छ । अस्पताल बनेपछि कर्मचारी तथा उनका परिवारलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गर्ने तयारी छ ।

प्रतिकृया दिनुहोस्