यिनै हुन् बहुविवाहको मुद्दामा थुनामा रहेकी महिलालाई मध्यराति आफ्नो कोठामा लैजाने असई

News

बाँकेको ईलाका प्रहरी ।

कार्यालय कोहलपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईं निलम्बनमा परेका छन् ।४ दिनअघि प्रहरी हिरासतमै रहेकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा असई चौलागाईंलाई निलम्बन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको जानकारी दिए । बहुविवाह गरेको आरोपमा थुनामा रहेकी महिलालाई हिरासतबाट निकालेर  ।

मध्यरातमा आफ्नो सुत्ने कोठामा लिएर असई चौलागाईंले यौन दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।प्रहरीले असई चौलागाईंलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ । राति २ बजे सोधपुछका लागि भनेर ।

महिलालाई आफ्नो सुत्ने कोठामा बोलाउनु नै गलत भएको अधिकारीले बताए ।उक्त महिला बहुविवाह मुद्दामा साउन ११ गते पक्राउ परेकी थिइन् । बर्दिया घर भई विगत ८ महिनादेखि चौलागाई इप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published.