अमेरिकी सहयोग परियोजना।
(एमसीसी) देश भित्र र बाहिरकै शक्तिहरुका लागि खेलमैदान बन्ने खतरा बढेको छ । एमसीसी परिमार्जन नहुने अमेरिकाको अडानले नागरिक तप्काबाट अमेरिकी सेना आउनसक्ने आशंका बलियो देखिने ठाँउ खाली भएको छ ।
यता, उत्तरी छिमेकी राष्ट्र चीन एमसीसी नेपालमा लागू हुने भन्दै झस्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्लो समय एमसीसी पास गर्नैपर्ने पक्षमा देखिएका छन् ।सिन्धुपाल्चोकबाट चीन जोड्ने कोदारी ।
राजमार्ग निर्माणको काम सुरु भएको लामो समय भयो। तर, सडक निर्माणको काम सम्पन्न हुने छाँटकाँट देखिएको छैन। वरु यही सडक निर्माणको वहानामा सिन्धुपाल्चोकमा चीनयाँ सेनाको चलखेल सुरु भएको छ।
जिटुजी सम्झौता अन्तर्गत कोदारी सडक निर्माण गर्ने जिम्मा चीनियाँ निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड ९सीआरसीसी० ले लिएको छ। जम्मा २६ किलोमिटर वाटो वनाउनु पर्ने सम्झौता भएपनि कम्पनीले वहानाबाजी गरेर काम अघि वढाएको छैन।
प्रतिकृया दिनुहोस्