बुधबार , जेठ ४, २०७९

हतार भैसक्यो एमसीसी संसदमा पेश गर्नुपर्यो भन्दै जंगीए एमाले उपमहासचिव प्रदीप ज्ञवाली

माघ २०, २०७८ बिहिबार 257

प्रमुख प्रतिपक्ष दल नेकपा ।

(एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरूले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताएका छन् ।

बुधबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उपमहासचिव ज्ञवालीले सत्तामा रहेका नेताहरूले एमसीसीमार्फत् भूराजनीतिक द्वन्द निम्त्याइरहेको उनले आरोप लगाएका हुन् ।

एमसीसी एउटा विकास परियोजना मात्रै भएको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले एमसीसीलाई संसद्मा ल्याएर सांसद  हरूलाई स्वविवेकले निर्णय गर्न दिनुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पारे ।

उनले भने – ‘एमसीसी परियोजना एउटा विकास परियोजना हो । त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसद्को, नेपालको राजनीतिक दलहरूको स्वेच्छिक रोजाइको विषय हो ।

तर त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ भर्चुअल मिटिङहरू भइरहेका छन् । विदेशीको एडभाइस लिने खालका कुराहरू भइराखेका छन् । एउटा विकास परियोजनालाई जानीजानी भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने ।

काममा सत्ता गठबन्धनकै नेताहरू लागिरहनुभएको छ । सरकार क्लियर होस् हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसद्मा आउनुपर्छ । र सार्वभौमसत्ता सम्पन्न सांसदहरूले यस विषयमा आफ्नो स्वविवे कले निर्णय गर्न पाउनुपर्छ । संसद्मा आउन नदिने,  ।

बन्द कोठामा, बन्द इजलासमा तथाकथित गठबन्धका कार्यदल हरूको त्यो अँध्यारो घेराभित्र राखेर यसलाई गिजोल्न पाइँदैन ।’ कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले एमालेले निरन्तर संसद् अवरोध गरिरहनु ।

बेठिक भएको धारणा राखे ।सभामुखको भूमिका चित्त नबुझेमा हटाउने कानुनी व्यवस्था संविधानले दिएको भए पनि एमालेले त्यसो गर्न नसकेको उनले बताए ।

संसद्को गतिरोध अन्त्य गरेर निकास दिनुपर्नेमा उनले जोड दिए । उनले भने – ‘ तपाईंहरूलाई सभामुखको भूमिका चित्त बुझेन भने सभामुख बेठिक छन्, यिनलाई हटाइ पाऊँ भनी लेख्ने त व्यवस्था छ नि त संविधानले दिएको ।

प्रतिकृया दिनुहोस्