बुधबार , जेठ ४, २०७९

भोलिसम्म एमसीसी पास नगरे अमेरिकाले फिर्ता लैजाने ! अब के हुन्छ?

माघ १८, २०७८ मंगलबार 166

भोलिसम्म ।

एमसीसी पास नगरे अमेरिकाले फिर्ता लैजाने ! अब के हुन्छ?अमेरिकाले नेपाललाई फेब्रुअरी १ (माघ १८ गते)भित्र अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी पास गर्न अल्टिमेटम दिएको छ ।

अन्यथा एमसीसी फिर्ता लैजानेअमेरिकाको चेतावनी छ ।नेकपा एकीकृत समावजादीका बरिष्ठनेता झलनाथ खनालकाअनुसार अमेरिकाले नेपाललाई एमसीसी अनुमोदनका लागि दिएको अल्टिमेटमको सूचना प्रधानमन्त्री समेत ।

रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएका हुन् । शनिवार बिहान र दिउँसो गरी दुईपटक पाँच दलीय सत्ता गठबन्ध नको बैठक बसेको थियो ।उक्त बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी अल्टिमेटमबारे गठबन्धनका नेताहरूलाई ।

जानकारी गराएका हुन् उनका अनुसार, फेब्रुअरी १ मा एमसीसी पास नगरे फिर्ता लैजाने चेतावनी अमेरिकाले दिएको छ।फेब्रुअरी १ मा एमसीसी अनुमोदन गराउन अमेरिकाले अल्टिमेटम दिएको रे ।त्यसभित्र तिमीहरूले पास गर्यौ भने गर्यौ, होइन ।

भने हामी फिर्ता लान्छौँ भनेर प्रधानमन्त्रीले भन्नुभयो ’, एकीकृत समाजवादीका नेता खनालले भने । अमेरिकाले अल्टिमेटम दिए कालेत्यो समय घर्काउन प्रतिनिधिसभा बैठक स्थगित गरिएको पनि नेताहरूले बताएका छन् ।

नेता खनालले थपे, ‘अब १० दिनप्रतिनिधिसभा बैठक स्थगित गरौँ, यहीबीचमा फेब्रुअरी १ पनि जान्छ । के-के हुँदो रैछ हेरौँ न ।आफूहरू संशोधनबिनै एमसीसीसम्झौता पास गर्न नहुने पक्षमा स्पष्ट रहेको पनि खनालले बताए ।

‘यत्राविधि आपत्तिजनक कुरा छन्, नसच्चिए सम्म अनुमोदनहुँदैन नि’, नेता खनालले भने । गत पुस ४ गते बरिष्ठ नेता खनालकै नेतृत्वमा पाँच दलीय सत्तागठबन्धनले एमसीसीबारे समान धारणा बनाउन अध्ययन समिति बनाएको थियो ।अध्ययन समिति गठन गर्ने निर्णय गर्नु ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले संसदको चालू अधिवे शनबाट एमसीसी पेस गर्ने प्रस्ताव राखेका थिए । तर, सत्ता साझेदार दलहरूले एमसीसी यथास्थितिमा अगाडिबढाउन नहुने भन्दै प्रश्न उठाएपछि गठबन्धनले समान धारणा बनाउन भन्दै समिति गठन गरेको हो ।

प्रतिकृया दिनुहोस्