नागरिकतामा भएको ‘कुकुर’ नामले छोराछोरी र नातिनातिनासम्मलाई समस्या

News

दैलेख ।

नागरिकताको प्रमाणपत्रमा १९९० मा जन्मेको मान्छेको २०९० उल्लेख भएको, बाबुभन्दा छोरो जेठो हुने गरी जन्ममिति लेखिएको, शैक्षिक योग्यताका कागजमा एउटा नाम थर तर नागरिकतामा फरक उल्लेख भएको लगायतका त्रुटि धेरै देखिन्छन् ।

गोरे खत्री लेख्ने ठाउँमा गोरु खत्री भएको, इमानसिंह भारतीलाई बेइमानसिंह भारती जस्ता नियतवश नाम बिगारिएका उदाहरण पनि छन् । दैलेखमा त आफ्नो नाम कविराम कामी लेख्न भन्दाभन्दै नागरिकता बनाउने टोलीले ‘कुकुर कामी’ नाम राखेर नागरिकता दिएको भेटिएको छ ।

२०४६ जेठ ७ गते गाउँमै गएको नागरिकता टोलीले ‘कुकुर कामी’ लेखेको कारण कविराम ३३ वर्षयता गाउँसमाजमा हुने भेलामा जान छोड्नुभएको छ । २०१७ पुस २५ गते जन्मनुभएका कविराम कामीलाई तत्कालीन मेहेलतोली ।

गाउँपञ्चायतका प्रधानपञ्च बखतबहादुर खड्काको सिफारिसमा नागरिकता दिइएको हो ।त्यसबेला मेहेलतोली गाउँपञ्चायत, अहिले को सङ्घीय पुनर्संरचनाअघि मेहेलतोली गाविस थियो । नाग  रिकतामा मेहेलतोली गाउँपञ्चायत–६ लेखिएको ठाउँ सङ्घीय पुनर्संरचनापछि अहिले भगवतीमाई ।

गाउँपालिका ६ नं. वडामा पर्दछ । नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कबिराम भुन्टाे कामीका कान्छो छोरा हुनुहुन्छ ।कवि रामभन्दा अघि ६ जना दाजुहरु जन्मिएका थिए । तर जन्मनेबित्तिकै दाजुहरुको ज्यान गयो ।

सातौँ सन्तानको रुपमा जन्मिएका कविरामको नाम कुकुर राखे बाँच्न सक्छन् भन्ने पण्डितको सल्लाहमा बाँचून् भनेर राखिएको नाम थियो ‘कुकुर’ । राशीको नाम कविराम आएको थियो, बाँचून् भनेर ‘कुकुर’ नाम भन्ने गरिएका कान्छो छोरा संयोग नै होला बाँच्नुभयो ।

उहाँ त बाँच्नुभयो तर नागरिकतामा ‘कुकुर’ लेखिएकै कारण उहाँ आफैँ, श्रीमती, सात छोराछोरी १३ नातिनातिनीहरु फलानोको श्रीमती, फलानोको छोराछोरी वा फलानोको नातिनातिनी भन्न गाह्रो हुने गरेको छ । जेठी छोरी लक्ष्मीको जाजरकोटको जुनीचाँदेमा विवाह भएको छ ।

एक छोरा र तीन छोरी जन्माइसकेकी उहाँले बुबाको नाम उल्लेख गरी नागरिकता लिन अप्ठ्यारो परेर नागरिकता लिनुभएको छैन ।माइली छोरी कल्पनाको भगवतीमाई गाउँपालिका–७ तौलुम विवाह भएर दुई छोरी छन्, उहाँले पनि यही समस्याले नागरिकता बनाउनुभएको छैन ।

जेठो छोरा जयबहादुर (२९) मलेसियामा तीन वर्ष काम गर्नुभयो, बुबाको नागरिकतामा भएको नाम लेखेर पैसा पठाउन गाह्रो लागेर पठाउनुभएन । पछि त्यहाँ झण्डै तीन लाख रुपैयाँ सापटी लिएका नेपाली साथीले फर्काएनन्, उतै पच्यो । उज्यालो अन्लाइन

Leave a Reply

Your email address will not be published.