बुधबार , जेठ ४, २०७९

रमेश प्रसाइँको अपरेसनको ‘फेक न्युज’ भाइरल, कसले र किन लेख्छन् यस्ता गलत कुरा?

माघ १७, २०७८ सोमबार 217

के तपाईँले ।

पनि सामाजिक सञ्जालका चर्चित पात्र तथा हाल लालमोहर नामको टिभी कार्यक्रमका होस्ट रमेश प्रसाइँको आँखाको शल्यक्रिया सफल भएको खबर देख्नुभएको थियो? ।

हिजोदेखि यस्तो खबर फेसबुकमा भाइरल भएको छ।भाइरल खबरमा नेपालकै टप आँखा चिकित्सकहरु मिलेर रमेश प्रसाईको आँखाको शल्यक्रिया सफल पारेको, आँखा देखे लगत्तै खुशी हुँदै सबैभन्दा पहिला छोरी र ।

पत्नीलाई हेरेको, शल्यक्रिया सफल भएपछि अस्पतालमा नै बधाई दिन रवि पुगेको जस्ता विषय लेखिएका छन्।केही फेक न्युज उत्पादकहरुसँग मेरो कुरा भएको थियो। उनीहरुको नेटवर्क अहिलेका मूलधारका मिडियाको भन्दा खतरा देखियो।

बरु एउटा मिडियाले अर्को मिडियाका समाचार आफ्नो नेटवर्कमा सेयर गर्दैनन्, पत्रकारहरु अरु पत्रकारले लेखेका समाचार सेयर नगर्लान्, तर फेक न्युज उत्पादकहरु आफ्नो उद्देश्यमा स्पष्ट छन्- पैसा। त्यसैले उनीहरुबीचको एकता पनि गजब छ।

लाखौँ लाख लाइक, फलोअर र मेम्बर भएका फेसबुक पेजहरु र फेसबुक ग्रुपहरु हुन्छन्। त्यसमा उनीहरुले एकअर्काका फेक न्युजहरु पोस्ट गर्छन्।लाइक र फलोअर बढाउनका लागि उनीहरु सामाजिक सञ्जालमा चर्चितहरुको ।

नाम पनि उपयोग गर्छन्। जस्तै, रवि लामिछाने, ज्ञानेन्द्र शाही, रमेश प्रसाइँ, कृष्ण कँडेल, अपिल त्रिपाठी यस्तै यस्तै अनेक। माया, प्रेम, साहित्य आदिका नाममा खोलिएका फेक न्युज फैलाउने पेज र ग्रुपहरु पनि प्रशस्त छन्।

यिनीहरु पत्रकार नभएकाले न शुद्ध लेख्नुपर्छ भन्ने छ, न समाचार को नाममा जे पायो त्यही लेख्नु हुन्न भन्ने मतलब छ, आचार संहिता त अचार हो कि के हो, थाहा हुने कुरै भएन। जसले जसको फेक न्युज कपि गरेर हाले पनि मतलब छैन।

मात्र आवश्यक छ- क्लिक गरौँ गरौँ लाग्ने हेडलाइन कसरी बनाउने, फोटो त्यस्तो कसरी राख्ने- सही होस् कि नहोस्, केही मतलब छैन।केहीले आफ्नै नाममा खोलिएका ।

फेसबुकबाट यस्ता पेज र ग्रुपमा पोस्ट गर्छन् भने अधिकांश बाठा छन्। उनीहरुले फेक फोटो र नाम राखेर फेसबुक खोल्छन् र त्यसै बाट यस्ता फेक न्युज पोस्ट गर्छन्।

प्रतिकृया दिनुहोस्