म प्रधानमन्त्री भए, पछिल्ला सन्ततीहरुले समेत सम्झनेगरि काम गर्नेछु : प्रचण्ड

News

काठमाडाैं।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन्।शनिवार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुनः एकपटक देशको नेतृत्व गर्न ।

चाहेको बताएका हुन्।उनले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गरेका छन्।

उहाँले आफ्नो लास्ट इनिङ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना बुनेको बताउनुभयो । अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको निर्वाचनमा देशमा दोस्रो जनीतिक शक्ति बन्ने ।

दाबी गर्नुभयो । उहाँले दोस्रो शक्ति बनाउने गरी नेपाली कांग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी दिनुभयो ।अध्यक्ष दाहालले नेत्रविक्रम चन्द, मोन वैद्य र पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा.बाबुराम भट्टराई ।

माओवादी नभएको दाबी गर्नुभयो । उहाँले गत स्थानीय तहको निर्वाचनले नेपालमा रहेको एकमात्र माओावदी –माओवादी केन्द्र) मात्रै रहेको जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.