काठमाडौं, १६ माघ ।
नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेपालको प्रधानमन्त्री कि विदेशीको भनी जनतालाई जवाफ दिनुपर्ने बताएका छन् । उनले एमसीसी पारित गर्न देउवाले दबाब दिएर गठबन्धन सरकार नै भंग गरिदिने धम्की दिएको उल्लेख गर्दै गम्भीर प्रश्न उठाएका छन् ।
आज ट्वीट गर्दै रावलले एमसीसी चाहिन्न भनेर नेपाली जनमत रहेको दाबी गर्दै देउवाले त्यसलाई बेवास्ता गरेर विदेशी दबाब सामु घुँडा टेकेको आरोप लगाए ।
उनले लेखेका छन्, ‘एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दबाबलाई बेवास्ता गर्ने तर विदेशी दबाब सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रधानमन्त्री कि विदेशीको ?’रावल एमसीसीको विपक्षमा उभिदै आएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्ः प्रमं देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे!! ।
एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रमं कि विदेशीको? जनतालाई जवाफ दिनुहोस् ।
प्रतिकृया दिनुहोस्