Sunday, March 26
Shadow

न्यायको लडाई जितेर निर्दोष साबित भएकामा ज्ञानेन्द्रले दिए पललाई बधाई, हज्जारौ लाइकको ओइरो

काठमाडौं ।

 

अभिनेता पल शाह बालिका बालात्कर अभि योगमा निर्दोष साबित भएका छन् । उनी निर्दोष भएसँगै अभियान्ता एवं राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बधाई दिएका छन् । उनका बधाईका शब्दमा केही घण्टामा नै हज्जारौ लाईकको ओइरो लागेको छ ।

 

ज्ञानेन्द्रले लेखेका छन् ।आज पल शाहलाई तनहुँ जिल्ला अदालतले निर्दोष साबित गरेको छ । आज अत्यन्तै खुशी भएको छु। एउटा न्यायको लडाई जित्नु भएको छ । हार्दिक बधाई तथा शुभकामना !अभिनेता शाहलाई तनहुँ अदालतबाट ।

सफाइ नाबा लिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ का रागारमा थुनामा रहेका अभिनेता पूर्ण विक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदा लतले सफाइ दिएको छ ।

 

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै अभिनेता शाहलाई सफाइ दिएको हो । शाहविरुद्धको सुनुवाइमा अदालतले अभियोग दाबी नपुग्ने फैसला सुनाएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।