रबी लामिछानेले नेपाली ।
नागरिकता पाउनासाथ अब कसैलाई बाँकी नराख्ने घोषणा गरेका छन। नेपालमा कसैले के गरिरहेको छ सबै मलाई था छ अब एकएक गरि भित्र हाल्ने चेतावनी दिएका छन ।
भ्रष्टाचार गरेर थुपारेको सबै सम्पत्ति जफव गर्ने पनि उनले बताए । अब चुप लागेर नबस्ने उनले जानकारी दिए ।रबी लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन् ।
उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् । ‘उहाँले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर नागरिता पुनप्राप्त गर्नु भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने ।
लामिछानेले २०५० सालमै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । प्रशासनले पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता लामिछानेलाई दिएको हो ।
यसअघि नेपालमा नागरिकता लिए पनि अमेरिका गएपछि उतैको नागरिकता लिएर बसेका लामिछाने गैरपर्यटक (नाता) भिसामा नेपाल आएका थिए । त्यसपछि उनी यतै बसे । ०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने ।
प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिएका उनले ०७५ असार १४ गते अमेरिकी नागरिकता त्यागेको जानकारी गराएका थिए । तर‚ नेपाली नागरिकताको पुनः प्राप्तिको प्रक्रिया पूरा गरेका थिएनन् ।