Sunday, March 26
Shadow

मध्यरातमा चितवनबाट आयो खुशीको खबर, एकाएक चम्कियो रवि लामिछानेको भाग्य !

पुराना पार्टीलाई पछि पार्दै  ।

 

चितवन जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो राजनीतिक दल बनेको छ। समानुपातिक प्रणालीतर्फ तीनवटै निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरका साथ रास्वपा पहिलो दल बनेको हो।

 

तीन निर्वाचन क्षेत्रबाट रास्वपा ९९ हजार ३७ मत ल्याएर पहिलो दल बनेको छ। नेकपा (एमाले) ५५ हजार ३१२ मत ल्याएर दोस्रो र नेपाली कांग्रेस ३९ हजार १३० मत ल्याएर तेस्रो भएको छ।त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले २९ हजार ४६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार ५५ र नेकपा  ।

 

(एकीकृत समाजवादी)ले चार हजार ९०६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जानकारी दिएको छ।चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ हजार ६९१ मत प्राप्त गर्दा एमालेले २४ हजार छ,  ।

 

कांग्रेसले १६ हजार ६९५, माओवादी केन्द्रले चार हजार ९६५, राप्रपाले पाँच हजार ८२ र एकीकृत समाजवादीले तीन हजार ५१८ मत प्राप्त गरेका छन्। यो क्षेत्रको ९५ हजार ३९९ मतगणना हुँदा रास्वपाले ३६, एमालेले २५, कांग्रेसले १८, माओवादीले पाँच, राप्रपाले पाँच  ।

र एकीकृत समाजवादीले चार प्रतिशत मत समानुपातिकतर्फ पाएका छन्।अन्य क्षेत्रको तुलनामा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ३५ हजार ९४५ मत प्राप्त गरेको छ। एमालेले १६ हजार ७८४, कांग्रेसले ११ हजार ९१४, माओवादी केन्द्रले आठ हजार ४०७, राप्रपाले तीन  ।

 

हजार २१८ र एकीकृत समाजवादीले ६१६ मत प्राप्त गरेका छन्। यो क्षेत्रको ८२ हजार ९३४ मतगणना हुँदा रास्वपाले ४३, एमालेले २०, कांग्रेसले १४, माओवादीले १०, राप्रपाले चार र एकीकृत समाजवादीले ०.७४ प्रतिशत मत समानुपातिकतर्फ पाएका छन्।