Monday, January 30
Shadow

क्यानाडा जानुपर्ने पाकिस्तानीलाई काठमाडौँ ल्याएर छाडीदिए पाकिस्तानी अलपत्र (भिडियो सहित)

पाकिस्तानी नागरिक ।

 

मोहम्मद सामी खान क्यानाडा जाने तयारीमा थिए। उनले आवश्यक कागजात पनि तयार गर्दै थिए। चिनेकै साथीमार्फत मुहम्मद रासिदको समूहसँग छलफल गरे। रासिदको समूहले खानलाई नेपालबाट क्यानाडा भिसा प्रक्रिया सजिलो छ।

भन्दै प्रलोभनमा पारे। सबै प्रक्रिया काठमाडौबाट पुरा हुन्छ भन्दै उनीहरुले आश्वासन दिए। नेपालको भिजिट भिसामा सामीलाई काठमाडौं पठाए।नेपालबाट क्यानाडा भिसा लगाउन सजिलो भनेर खुसी हुँदै आएका उनी काठमाडौं आएपछि समस्यामा परे।

क्यानाडा जान भन्दै नेपाल आएका उनले २५ लाख ६६ हजार ६९७ रुपैयाँ गुमाए। योसँगै एजेन्टको समूहले उनलाई अपहरण गरी होटलमा थुनेर पैसा लिएपछि सिनामंगलको बाटोमा ल्याएर।

छाडिदिए।उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता कृष्ण कोइरालाका अनुसार मोहम्मद सामी खानलाई अपहरण गरी फिरौती लिने तथा शरीर बन्धक बनाउने कसुरमा ३ जना पाकिस्तानी नागरिक प्रक्राउ परेका छन्।

प्रक्राउ पर्नेमा पाकिस्तान कसुरका ३० वर्षीय मुहम्मद रासिद, पाकिस्तान लाहोरका ३५ वर्षीय मुहम्मद आसिफ, पाकिस्तान पाक्पातनका ३५ वर्षीय मुहम्मद फिदा हुसैन छन्।गत पुस २४ गते सामीलाई बायोमेट्रिक लगायतको प्रक्रिया भन्दै।

अपहरणकारीको समूहले ठमेलको होटलबाट ट्याक्सीमा राखेर बुढानिलकण्ठस्थित एक भाडाको घरमा पुराएर बन्धक बनाएको कोइरालाले बताए। आँखामा पट्टि लगाएर, हातखुट्टा बाँधेर, पीडितका भाइलाई फोन गरी पैसा माग गर्दै।

म्यासेज गरेको पाइएको उनले जानकारी दिए।एजेन्डहरूले घरमा फोन र म्यासेज गरी क्यानाडाको फ्लाइट छ, फोन अफ हुन्छ पुगेपछि फोन गर्छु भन्ने सन्देश दिएको पनि कोइरालाले बताए।