बुधबार , जेठ ४, २०७९

यो मितीमा MCC पासको सहमतिको लागि नरेन्द्र मोदि नेपाल आउदै ।

माघ १६, २०७८ आइतबार 487

काठमाडौ ।

नेपाल आर्थिक रुपमा दुई शक्ति छिमेकी राष्ट्रहरु भारत र चीनभन्दा कमजोर छ । यसैबीचमा दुई शक्तिराष्ट्रहरुको टकरावले नेपालले ठूलै आर्थिक मूल्य चुकाउनुपर्ने देखिएको छ ।

अमेरिका र चीनको टकरावले नेपालको राजनीति मात्र प्रभावित छैन अर्थतन्त्र समेत प्रभावित भएको छ । चीनले नेपालमा ‘द बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) सञ्चालनमा ।

ल्याइसकेको छ ।उसले विभिन्न देशमा बीआरआई परियोजना बढाइसकेको छ । यसलाई चीनले विकाससम्बन्धी परियोजना भन्ने गरेपनि यसमा उसको राजनीतिक स्वार्थ लुकेको देखिन्छ । अमेरि काले एमसीसी अगाडि बढाउन खोज्दैछ ।

एमसीसी सम्झौता भएको ५ वर्ष पुग्न लाग्दा पनि संसदबाट पारित नभएकाले कार्यान्वयन हुन सकेको छैन । एमसीसी रोक्न चीन लागेको देखिदैछ । अमेरिका भने एमसीसी कुनै हालतमा पारित गराउन सक्रिय छ ।

एमसीसी रोक्ने र बढाउने खेलले सत्ता राजनीतिमा समेत असर परेको खुलिसकेको छ । पछिल्लो समय एमसीसी रोक्न चीन रणनीतिक रुपमै लागेको छ ।उसले नेपालसँगको सीमानाका ठप्प पारेको छ । चीनले चाहेमा नेपालमा जुनसुकै बेला सामान निर्यात र आयात गर्न सक्ने अवस्था छ ।

विशेषगरी उसले आफ्नो स्वार्थ अनुसारको निर्यात गर्दै आएको छ ।तर, नेपालको चाहना अनुसार न त निर्यात सम्भव भएको छ न त आयात नै सम्भव देखिएको छ । चीनले अघोषित रुपमा नाकाबन्दी लगाएको छ ।

चीनले नेपालमा अन्य शक्तिलाई प्रभाव बढाउन नदिन नेपालमाथि विभिन्न तरिकाले दबाब बढाउन सीमामा कडाई गर्दै अघोषित नाकाबन्दीगरिदिएको छ । यसले नेपालको अर्थतन्त्रमा दूरगामी नकारात्मक असर पर्ने निश्चितप्राय छ ।

नाकाबन्दी लगाएपनि चीन यसलाई मान्न तयार छैन । उसले कोरोना भाइरसको जोखिम भन्दै जवाफ दिइसकेको छ । १३ जनवरीमा प्रेस विज्ञप्तिमार्फत् चिनियाँ राजदूतावासका प्रवक्ताले महामारीका कारण देखाएको हो ।

उसले एकतर्फी नेपालमा सामान पठाउन दिइएको भन्दै कोरोना भाइरसको महामारीलाई पराजित गर्नु मुख्य उद्देश्य भएको भन्दै कूटनीतिक जवाफ दिएको छ ।

प्रतिकृया दिनुहोस्