एक पुरुष जो होर्दा ठीकठाक देखिन्छन् ।
बोलीमा मिठास छ । उसको व्यवहारबाट मानिसहरु प्रभावित हुन्छन् । तर यिनी व्यक्तिले एक जना होइन, दुई जना होइन कम्तिमा १८ महिलाहरुलाई प्रेमजालमा पारेर लाखौं ठगी गरेर फरार भएका छन् भन्दा पत्यार लाग्दैन ।
तर पीडितहरु रुँदै न्यूज २४ को कार्यालयसम्म आइपुगेका छन् ।वर्षौंसम्म इजरायलमा काम गरेर जम्मा गरेको लाखौं रुपैयाँ, जग्गा जमिनको रकमसमेत गरी एक महिलाको ८० लाखभन्दा बढी रकम यी नामुद ठगले खाएर बेपत्ता भएका छन् ।
यिनको असली नाम नेत्रप्रसाद गिरी हो भनिएको छ । झापा अर्जुनधारा घर भएका नेत्रप्रसादका अनेकौं नक्कली नाम पनि छन् । नागरिकता प्रमाणपत्र पनि दुई वटा छन् । भारतमा समेत आधार कार्ड लिएको दावी पीडितहरुले गरेका छन् ।
यी हुन् झापा अर्जुनधारा नगरपालिका हात्तीकिल्लाका नेत्रप्रसाद गिरी । अनुहार हेर्दा भद्र बोली मिठासपूर्ण लाग्छ । तर, कुकर्म यति डर लाग्दो छ कि यिनले अहिलेसम्म १६ जना महिलाको जीवन नै बर्बाद गरिसकेका छन् ।
गिरीले आफ्नो बोलीचाली र अन्य व्यवहारकोे आकर्षणमा महिला हरुलाई फसाएर आफ्नो स्वार्थ सिद्ध गर्ने र ती महिलाहरुलाई बर्बाद बनाएर सडकसम्मै पु¥याइदिने गरेको तथ्य फेला परेको छ ।
यीबाट बर्बाद भएका धेरै पीडित महिला आफ्नो इज्जत र प्रतिष्ठाको डरले खुलेर बोल्न सक्दैनन् ।