Monday, June 5
Shadow

मनोज गजुरेल चडेको जहाज एक घण्टा आकाशमा होल्ड हुँदा होस् उ’ड्यो !

काठमाडौं ।

 

वरिष्ठ हास्यकलाकार मनोज गजुरेल आज पोखराबाट काठमाडौं आउन साढे ८ बजे विमानस्थल पुगे । मौसमको खराबीका कारण जहाज उड्न ढिलाइ भएपनि उनले विमानस्थलमै साढे पाँच घन्टा प्रतीक्षा गर्नुपर्‍यो ।

 

उडान समय ८:५० भए पनि विमान १:३० मा मात्रै उडेको थियो । त्यसबीचको झण्डै पाँच घण्टा गजुरेलले नवनिवर्मित विमानस्थलमा टहलिएर बिताए । आफ्नै देशभित्र यो स्तरको संरचना देख्दा मन गदगद बनेको उनी सुनाउँछन् ।

 

पूरै विदेशी विमानस्थलको जस्तो फिलिङ आयो,’ गजुरेलले नेपाल प्रेससँग भने, ‘यति राम्रो एयरपोर्ट बनेछ, अब यसको संरक्षण र संवर्द्धन पनि राज्यले राम्रोसँग गरोस् ।’