Sunday, March 26
Shadow

रुसी युवती इलिनाले विश्वकै सुन्दर देश नेपाल जाउँ भन्दै पोस्ट गरेको २४ घण्टा नहुदै सदाको लागि अस्ताइन

रुसी युवती इलिनाले।

 

विश्वकै सुन्दर देश नेपाल जाउँ भन्दै पोस्ट गरेको २४ घण्टा नहुदै सदाको लागि अस्ताइनआज पोखरामा भएको यति एयरलाइन्सको विमानमा सवार १५ विदेशी नागरिकमध्ये एलेना बान्दुरो नाम गरेकी महिला हिजोमात्र नेपाल आइपुगेको खुलेको छ ।

पासपोर्ट नम्बर ७६४८१२८८७ भएकी ती महिलाले सामाजिक सञ्जालमा हिजो एक स्टोरी पोष्ट गर्दै नेपाल आइपुगेको जानकारी दिएकी थिइन् ।आज दुर्घटनामा परेको विमानमा उनीसँगै चार जना अन्य रसियन नागरिक सवार थिए ।

तीमध्ये दुई महिला र दुई पुरुष हुन् ।नागरिक उड्डयन प्राधिकरणले आज बिहान काठमाडौंबाट १०: ३२ बजे पोखराको लागि उडेको यति एयरको ।

विमान १०:५० बजे सेती खोज भन्ने स्थानमा अन्तिम पटक सम्पर्कमा आएको र त्यसको केही मिनेटमै दुर्घटना भएको जनाएको छ ।उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार थिए ।

तीमध्ये २५ महिला, ३७ पुरुष तीन बालक र तीन शिशु रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।