नाबालिग जबर्जस्तीकरणी ।
आरोपमा जेल चलान भएका क्रिकेटर सन्दीप लामिछाने शुक्रबार धरौटी बुझाएर थुनामुक्त भएका छन् । २० लाख धरौटीमा अदालतको ५ बुँदे शर्तसहित सन्दीप थुनामुक्त भएका हुन् ।
थुनामुक्त भएका सन्दीपको स्वागत गर्न उनका फ्यानहरु कारागार नै पुगेका थिए ।थुनामुक्त भएका सन्दीपलाई कहिले क्रिकेटमा फर्किने भन्ने प्रश्नमा उनले चाँडै फर्किने जवाफ पनि फर्काए ।
थुनामुक्त हुँदै गर्दा उनलाई सोधियो– ‘सन्दीप तपाईं कहिले क्रिके टमा फर्किनुहुन्छ ?’ उनले भने, ‘भेरी सुन, भेरी सुन । बिस्तारै टाइम हेर्दैछु ।’ इजलासले १९ पन्ने जारी गरेको आदेशअनुसार सन्दीप धरौटीमा रिहा भएका छन् ।
यदि १९ पन्ने आदेशको १७ पन्नाको ५ बुँदे आदेश पालना नगरे फेरि सन्दीप थुनामा जाने छन् । गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए ।