बागलुङ नगरपालिका–१ ।
कि सीता खड्काले शनिबार राति खुसीका साथ कान्छा छोरा र बुहारीलाई त्रिभुवन विमानस्थलबाट अस्ट्रेलियाका लागि बिदाइ गरिन्।आइतबार बिहान सोही विमानस्थलबाट यती एयरलाइन्समा घर फर्कंदै गरेकी खड्का भने घर पुग्न पाइनन्।
आइतबार बिहान पोखरामा भएको जहाज दुर्घटनामा उनको पनि निधन भयो।छोरा बुहारीलाई कर्मथलोका लागि बिदाइ गर्न गएकी आमा घर नपुग्दै बीचमै अस्ताएपछि घरपरिवार शोकमा ढुबेको छ।
छोरा र बुहारी अस्ट्रेलिया नपुग्दै यता आमाको हवाई दुर्घ’टनामा परी मृ‘त्यु भएको खबरले परिवार स्तब्ध भएको मृ‘तकका भान्जा सूर्य लामिछानेले बताए।