काठमाडौं ।
काठमाडौंबाट पोखराका लागि उडेको विमान आइतबार बिहान दुर्घटनामा परेको छ। बिहान ११ बज्नुभन्दा केही बेरअघि यती एयरलाइन्सको विमान दुर्घटनामा परेको हो। विमानले विमान स्थलबाट अवतरणका लागि अनुमति पाइसकेको थियो।
तर, अवतरणका लागि प्रयत्नरत विमान दुर्घटनामा परेको बताइएको छ।पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पर्ने चालक दलका चार जनामध्ये एक थिइन् ओसिन आलेमगर । एयरहोस्टेस ओसिन करिब ५ महिना अगाडि मात्रै यती एयरलाइन्स भर्ती भएकी हुन् ।
ओसिनले केही वर्षअघि सहारा एयरहोस्टेस एकेडेमीबाट एयरहोस्टेसको कोर्स गरेको बुझिएको छ ।उनले आफ्नो सपना साकार बनाउन भने केही समय प्रतीक्षा गर्नुपरेको थियो । पहिलोपटक यती एयरलाइन्समा नाम निकालेपछि उनी निकै उत्साहित थिइन् ।
टिकटकमा निकै सक्रिय ओसिन कहिलेकाहीं विमानभित्र पनि भिडियो बनाएर पोस्ट गर्ने गर्थिन् ।चितवन घर भएकी ओसिन काठमाडौंमा बसेर यतीको जागीर खाइरहेकी थिइन् । तर, उनको उड्डयन यात्रा लामो हुन सकेन । आज भएको यती एयरलाइन्सको विमान दुर्घटनामा उनी पनि परेकी छन् ।
दुर्घटनामा परेको विमानमा कुल ६८ यात्रु र ४ जना चालक दलका सदस्यहरु थिए। चालक दलका दसस्यहरुमा कमल केसी, अञ्जु खतिवडा, सृजना होंगचुन र ओसिन आलेमगर रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ।त्रिभुवन विमानस्थलको कन्ट्रोल रूममा पुगे ।
प्रधानमन्त्री र गृहमन्त्री पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री पुप्षकमल दाहाल प्रचण्ड र गृह मन्त्री रवि लामिछाने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलको कन्ट्रोल रूममा बसेर दुर्घटनाको अपडेट लिइरहेका छन्।