राष्ट्रिय क्रिकेट ।
टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन्। उच्च अदालत, पाटनले बिहीबार धरौटीमा छाड्ने आदेश दिएपछि सन्दीप शुक्रबार धरौटी बुझाएर रिहा भएका हुन्।
नाबालिकालाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध मुद्दा रहेको थियो।पीडित भनिएकी किशोरीका दाजुले गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा लामिछानेविरुद्ध जाहेरी दिएका थिए।
जाहेरीमा लामिछानेले भदौ ५ गते बहिनीलाई नगरकोट घुम्न लगेको र त्यहाँबाट राति काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलमा ल्याएर जबरजस्ती करणी गरेको आरोप लगाइएको छ।प्रहरीले भदौ २२ गते जाहेरी ।
दर्ता गरी अनुसन्धान थालेको थियो। अनुसन्धानबाट पीडित भनिएकी नाबालिका र लामिछाने उक्त दिन राति सिनामंगलस्थित होटलमा बसेको पुष्टि भएको थियो। तर जाहेरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग।
खेल्न वेस्ट इन्डिज गएका थिए। मुद्दा लागेपछि केही समय त्यहाँबाट बेपत्ता भएका उनी नेपाल प्रहरीले इन्टरपोलमा ‘डिफ्युजन नोटिस’ जारी गरेपछि असोज २० गते नेपाल आएका थिए। प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो।