Monday, January 30
Shadow

खुसिको खवर :अब विदेशबाट फर्कदा यति धेरै फोन ल्याउने पाइने हेर्नुहोस यो समचार

निजी झिटीगुन्टा’ सम्बन्धी व्यवस्थाबारे यतिबेला भन्सार विभालले पुनर्वालोकन गरिरहेकाे छ। पछिल्लो समय विदेशबाट फर्केका नेपालीहरूले एकभन्दा बढी मोबाइल फोन ल्याउँदा अनिवार्य रूपमा मूल्यको १८ प्रतिशत कर भन्सार विभागलाई।

बुझाउनुपर्ने विषयमा विरोध भएपछि उक्त व्यवस्थाबारे पुनर्वालोकन भइरहेको हो।भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाका अनुसार हाल कार्यान्वयन भइरहेको व्यवस्थाबारे जनमासमा असन्तुष्टी र विरोध भएपछि त्यसलाई कसरी र कुन ढंगबाट सम्बोधन गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ।‘विभागको सदस्यहरूबीच छलफल भइरहेको छ।

 

निजी झिटीगुन्टा सम्बन्धी व्यवस्थालाई संशोधन गर्नुपर्छ भन्ने कुरा छ,’ उनले सेतोपाटीसँग भने, ‘विभागको छलफल सकेपछि मन्त्रालयलाई प्रस्ताव पेश गर्छौं। मन्त्रालयले पुनर्विचार गरेर त्यसलाई संशोधन गर्ने हो।’‘विदेशबाट फर्किने सबै नागरिकलाई नयाँ व्यवस्था जारी गर्ने ।

 

हो या कसरी अघि बढाउने भन्ने हुन्छ। यहाँ सबै भन्नाले विद्यार्थी, वैदेशिक रोजगारीमा गएका श्रमिक, घुमघामका लागि गएका नागरिकदेखि हरेक वर्गका मानिस पर्छन्,’ उनले भने, ‘अहिलेको व्यवस्था संशोधन गर्न भने जस्तो सहज छैन।

 

विभागले प्रस्ताव पठाउनै केही समय लाग्छ।’विभागका महानि र्देशक चक्रबहादुरका अनुसार विदेशबाट नेपाल फर्केका व्यक्ति हरूलाई कुन आधारमा एउटाभन्दा बढी मोबाइल फोन वा अन्य सामग्री भन्सार नतिरी ल्याउन दिने भन्ने विषयमा छलफल हुँदैछ।