Friday, June 9
Shadow

१८ वर्षपछि पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरे, पृथ्वीनारायणका प्रशंसक थिए प्रचण्ड जनयुद्धअघि नै

कास्की मिडिया:प्रधानमन्त्री ।

 

पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबार (२५ पुस) को मन्त्रिपरिषद् बैठकबाट पृथ्वीजयन्तीका दिन २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरे।सत्ता गठबन्धनमा सामेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘सरकारमा ।

 

सहभागिता’ र ‘प्रधानमन्त्रीलाई विश्वासको मत’ का लागि पृथ्वीजयन्तीमा सार्वजनिक विदालाई सर्त बनाएको थियो। त्यसैले, विश्वासको मत उपर प्रतिनिधि सभामा मतदान हुनु अघिल्लो दिन प्रचण्डले पृथ्वीजयन्तीमा विदा दिने निर्णय गरेका थिए।

 

विसं २०६२–०६३ अघिसम्म पृथ्वीजयन्तीमा दिइँदै आएको सार्वजनिक विदा लोकतान्त्रिक आन्दोलनको सफलतासँगै माओवादी शान्ति प्रक्रियामा आएपछि संसदवादी दलहरुको सरकारले कटौती गरेको थियो।पृथ्वीजयन्तीका अलावा तत्कालीन राजा ज्ञानेन्द्र, रानी ।

 

कोमल, युवराज पारस मात्र होइन, स्वर्गीय वीरेन्द्र र महेन्द्र जयन्ती (१ पुस) मा दिइँदै आएका विदाहरु पनि त्यो बेला कटौतीमा परेका थिए। राप्रपा नेपालका अध्यक्ष कमल थापा उपप्रधानमन्त्री रहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले ०७४ मा विदा दिएबाहेक १७ वर्षयता पृथ्वी जयन्तीमा विदा दिने ।

 

गरिएको थिएन।सत्तामा सहभागितालाई राप्रपाले प्रतिष्ठाको विषय बनाएपछि सबैभन्दा पहिले २२ पुसमा बसेको सत्ता साझेदार दलहरुको बैठकले २७ पुसमा विदा दिने निर्णय गर्यो।

 

त्यसै अनुरुप २५ पुसमा सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा पनि पृथ्वी जयन्तीमा विदा दिने विषय समेटियो।