Monday, January 30
Shadow

रबी र रबीकी पुर्वपत्नी ईशालाई सरु सुनारले लेखिन लामो पत्र, मिनेटमै भयो भाइरल !

रबी र रबीकी पुर्वपत्नी ।

ईशालाई सरु सुनारले लेखिन लामो पत्र, मिनेटमै भयो भाइरल !यतिबेला चर्चित पत्रकार रबि लामिछानेको पारिवारिक बिषय सामाजिक संजालमा छताछुल्ल भएको छ । २५ बर्षको लामो बैबाहिक सम्बन्धलाई बिच्छेद गरेको कुरा र आफ्ना बिगत आफैंले एक पेज लामो लेख नै बनाइ ।

रबिले आफैले सामाजिक संजालमा सेयर गरे पछि हरेक मिडियाका मुख्य समचार बने ।समाचार रबिका मात्र बनेनन् उता पुर्ब पत्नी इशा श्रेष्ठ (लामिछाने) ले पनि आफ्ना पीडा र रबिसंगका संम्बन्धका तितिमिठा बिगतलाई पनि छताछुल्ल पारिन ।

यो सबै हेरेर सामाजिक संजालका दर्शकहरुले निकै गाली गरे इशा लामिछानेलाई यस्ता कमेन्टमा गाली थियोे म एउटा नारी हुनाले हेर्न र पचाउन मुस्किल नै भयो ।केही चर्चित महिला दिदिबहिनीहरुले समेत चिच्याएरै इशालाइ ।

गाली गरेको पनि (म) मुक दर्शक बनेर मजाले हेरे ।मैले यति भनिरहदा अब मलाई रबिका समर्थकले गाली र थुक्ने छन् यो कुरामा म ढुक्क छु । तर मलाई यहाँ कसले के भन्छ त्यो कुराको सरोकार छैन ।रबिको यो आफ्नो ।

नितान्त ब्यक्तिगत निजि जिबनको कुरा हो,, तर निजि कुरा रबि आफैले सामाजिक संजालमा छताछुल्ल पारेर आफैले लेखे पछि यो सबैको सकारात्मक र नकारात्मक धारणा बनेको हो। जुन स्वभाबिक नि हो ।

सामाजिक रूपमा रबिले गरेका काम प्रती आम जनमास जस्तै म पनि रबिको फ्यान हो केही घटनामा म सहकार्य गर्न उहा सित पुगेकी पनि छु । वहाले गरेको काम र साहसको जति कदर संमान गरे पनि कमै हुन्छ रबि सधैं रबि हुनु पर्छ मेरो पूरा साथ र समर्थन छ र रहिरहने छ ।