कृपया मलाई भोजभतेर पार्टीमा निम्तो नगर्नु ! म आउँदिन !

News

यो पनि प्रतिनिधिसभा ।

चुनावको मिति नतोकिँदै राजनीतिक दलहरु भने चुनावी माहोलमा होमिएका छन् । चुनावी सरगर्मीसँगै सत्ता गठबन्धन र वाम गठबन्ध नको बहसलेसमेत प्राथमिकता पाएको छ । केही दिनदेखि मा ओवादी केन्द्र वाम एकतालाई ।

प्राथमिकता दिएर एमालेसँग मिल्छ कि नेपाली कांग्रेससँगको सहकार्य नै अघि बढाउला भन्ने चर्चा पनि भइरहेको छ ।अबको पार्टीको राजनीतिक बाटोलाई लिएर माओवादी केन्द्रमा भने दुई धार देखा परेको छ ।

एक पक्ष यहि सत्ता गठबन्धनलाई कायम राखेर अगाडि बढ्नुपर्ने पक्षमा रहेका छन् भने अर्को पक्ष वाम एकता गरेर अघि बढ्नुपर्ने पक्षमा रहेका छन् ।नेपाली कांग्रेससँगकै सहकार्यमा अगाडि बढ्ने वा फेरि नेकपा एमालेसँगै मिलेर ।

जाने भन्नेमा नेताहरू दुई धारमा देखिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समस्यामा परेका छन् तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा कालमा तत्कालीन प्रधानमन्त्री केपी ।

शर्मा ओलीले संसद् विघटन गरेसँगै विभाजनको बाटोमा गएको थियो । सर्वोच्च अदालतले समेत नेकपा पार्टी अरूकै नाममा दर्ता भएकाले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएको थियो । त्यसयता माओवादी केन्द्र ।

र एमाले छुट्टाछुट्टै पार्टीको हैसियतमा छन् । माओवादी सत्ता सञ्चालनदेखि गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँगको सहकार्यमा अगाडि बढिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिलेकै सत्ता गठबन्धनको निरन्तरता हुने बताइरहे पनि नेताहरू पनि विकल्प खोज्नुपर्ने लाइनमा देखिन्छन् ।

Leave a Reply

Your email address will not be published.