काठमाडौ – पहिला ।
आफु कार्यक्रम सञ्चालक हुँदा अरुलाई ‘पिर्के सलामी’ लिएको भन्दै उडाउने रवि लामिछाने अहिले गृहमन्त्री बनेर पिर्के सलामी लिएपछि अहिले सामाजिक सञ्जालमा अहिले पक्ष/विपक्षमा चर्को बहस चलिरहेको छ।
उपप्रधान तथा गृहमन्त्रीको रूपमा सरकारी क्वाटरमा सर्दा सलामी लिँदा रबी लामिछाने पिर्कामाथि चढेका थिएनन्। रबी निकटहरूले त्यही तस्बिरलाई परिवर्तनको सुरुवातको रूपमा प्रचार गरे ।तर हिजो शनिवार सशस्त्र ।
प्रहरीको कार्यक्रममा उनै रवि लामिछाने पिर्कामाथि चढेर सलामी लिएपछि भने उनी आलोचनाको केन्द्रमा परेका छन्।पिर्के सलामीले फेरि सामाजिक संजाल तातेको छ।
यसै सन्दर्भमा अभिनेत्री सुरक्षा पन्तले त पिर्का शिर्षकमा कविता नै लेखेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिन ।