Sunday, March 26
Shadow

यिनै हुन एक्लै सयौं गुण्डासंग लडेर सयौं नेपाली चेलीको उद्वार गर्ने नायक सुनिल सेट्टी!

फिल्मको पर्दामा सुनिल ।

 

सेट्टीले गुण्डासँग लडेका छन् र मानिसलाई उनीहरूको आवश्य कताको समयमा मद्दत गरेका छन् । तर के तपाईंलाई थाहा छ उनी वास्तविक जीवनमा पनि उद्धारकर्ता थिए ?यी बलिउड अभिनेताले नेपालका सयभन्दा बढी महिलालाई।

 

मानव बेच,बिखनबाट बचाएका छन् । सुनिलले प्रहरी, सामाजिक कार्यकर्ता र आफ्नी सासूको सहयोगमा भारतमा बेचिएका ती महिलालाई नेपाल फर्काउन विमान टिकटको व्यवस्था गरे ।

 

वाइसको एक भिडियोमा मानव बेचबिखनविरुद्ध कार्य गर्ने सामाजिक संस्था शक्ति समूहकी संस्थापक चरीमाया तामाङले सन् १९९६ मा नेपालको गाउँबाट बेचबिखन गरिएका युवतीलाई ‘भारतीय नायक’ सुनिल सेट्टीको सहयोगमा कसरी उद्धार गरियो भन्ने कुरा बताएकी छन् ।

 

 

भिडियोमा उनले भनेकी छन्, ‘५ फेब्रुअरी १९९६ मा कमाठीपुराको पूरै वे:श्यालय क्षेत्रमा प्रहरी र समाजसेवीले घेरा हालेका थिए । तिनीहरूले हामीलाई त्यहाँबाट निकाले र उ-द्धार गरियो ।

 

 

उद्धारपछि हाम्रो सरकारले हामीलाई फिर्ता ल्याउन मानेन । तिनीहरूले भने कि हामीसँग हाम्रो जन्म प्रमाणपत्र वा नागरिकता कार्ड छैन ।’