एमाले र माओवादीको सहकार्य प्रारम्भ भएसँगै माओवादी केन्द्रका महासचिव देव गुरुङ नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने अभियानमा आफू लागेको बताउछन् ।
वाम एकताको पक्षधर महासचिव गुरुङ यसअघिसमेत कम्युनिस्ट पार्टीबीच एकीकरण हुनुपर्नेमा अडान लिदै आएका छन् ।भैरहवामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै कम्युनिष्ट घटक हरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले ।
देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका हुन् । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेसँगै वाम एकीकरणको चर्चासमेत सुरु भएको हो ।
वाम एकीकरणको चर्चा भइरहेकै बेला महासचिव गुरुङको यस्तो धारणा आउनु र तीन कम्युनिस्ट पार्टीका नेताबीच सघन छलफल हुनुले भोलीका दिन त्यो सम्भव रहेको देखिन्छ । ‘सबै कम्युनिस्ट घटकबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने अभियानमा हामी लागेका छौं ।
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँँगै वाम एकताको विषयलाई चर्चा पाइरहेका बेला महासचिव गुरुङको सो धारणा सार्वजनिक भएको हो ।
भैरहवामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका हुन् ।