Monday, January 30
Shadow

रबीलाई फसाउन खोज्दै छन : तारा बराल

रबि लामिछानेको नागरिकतामा बखेडा ।

 

गर्नेलाई पनि जुत्ता ठोक्छु: तारा बराल (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा रहेको अ भिलेख अनुसार रवि लामिछाने २०३२ साल जेठ २८ गते काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ मा जन्मेका हुन् ।

 

उनको नागरिकता नम्बर १८ *** हो । यही नागरिकताका आधारमा उनले सन् २००१ मा पासपोर्ट बनाए, जुन पासपोर्टको नम्बर १४८२*** हो । त्यही पासपोर्ट प्रयोग गरेर उनी अ मेरिका गए ।सन् २०१३ मा नेपाल फर्केर लामिछानेले।

 

संसारकै लामो टेलिभिजन कार्यक्रम चलाएर गिनिज बुकमा नाम लेखाएका थिए । तथापि उनले त्यसको अर्को वर्ष अर्थात सन् २०१४ मा अमेरिकी पासपोर्ट लिए ।उक्त अमेरिकी पासपोर्टको म्याद ५ मार्च २०१४ देखि लागू भएर आगामी ४ मार्च २०२४ सम्म छ ।

 

उनले यो अमेरिकी पासपोर्ट त्यागेको घोषणा गरेका छन्, जुन पासपोर्टको नम्बर ५१२९६६*** हो ।अमेरिकी पासपोर्ट लिएको अर्को वर्ष सन् २०१५ मे २७ बाट लागू हुने गरी रविले नेपाली पासपोर्ट बनाए । ०८८३४*** नम्बरको उनको नेपाली पासपोर्टको म्याद २६ मे २०२५ सम्म छ ।