Sunday, March 26
Shadow

राजनीतिले लियो उग्र रुप, प्रचण्ड र रबिले पढे लेखेका विज्ञलाई मात्र मन्त्री बनाउने घोसणा !

सातदलीय गठबन्धनमा विषय विज्ञलाई मन्त्री बनाउने विषयमा छलफल भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रीपरिषद् विस्तार गर्दा अब बन्ने मन्त्री विषय विज्ञ हुनुपर्नेमा छलफल भइरहेको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकपछि उनले अब क्षमताका आधारमा दलहरूले सरकारमा मन्त्री पठाउने जानकारी दिए ।रविले भने, ‘मन्त्रिमण्डल विस्तारबारे छलफल भइरहेको छ ।

यसपटक विषयविज्ञ भए भने राम्रो हुन्छ । एउटा मन्त्रालय सम्हाले को व्यक्तिले तुरुन्त अर्को मन्त्रालय सम्हालेको पछिल्लो परिपेक्ष छ । त्यसलाई मिनिमाइज गर्ने समझदारीको प्रयास गरिरहेका छौँ ।’मन्त्रीपरिषद् विस्तारको विषयमा व्यापक छलफल भइरहेकाले अझै केही समय लाग्ने उनको भनाइ छ ।

मन्त्री लामिछानेले भने, ‘विश्वासको मत अगाडि हुन्छ वा पछाडि भन्ने समयलाई ध्यानमा राखेर छलफल भएको छैन । संवाद गर्दै जाँदा पछाडि पनि जान सक्छ । तर, हामीले त्यो मितिलाई ध्यानमा राखेका छैनौँ ।’राष्ट्रपतिदेखि मुख्य संवैधानिक पदहरू प्याकेजमै मिलाउनेबारे छलफल भइरहेको बताए ।

उनले भने, ‘हाम्रो प्रदेशमा त छैन । तर, सत्ता साझेदार दलहरूको प्रदेशमा उपस्थिति छ । त्यसैले राष्ट्रपतिदेखि प्रदेशको मुख्यमन्त्रीसम्म प्याकेजमा समझदारी बनाउने प्रयास भइरहेको छ ।’