Friday, June 9
Shadow

सन्दीपविरुद्धकाे जाहेरी : किशाेरीकाे जन्ममितिकाे कागजात स्कुलबाट झिकाउन आदेश

जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरूपण गर्न उनको जन्ममितिकाे कागजात अस्पतालबाट झिकाउन आदेश दिएको छ ।

आज मङ्गलवार काठमाण्डौ जिल्ला अदालतले लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरूपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको हो । अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने ।

आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिनुभयो ।न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले लामिछानेविरुद्धको मुद्दाको बारेमा अदालतले सम्बन्धित पक्षलाई बुझ्न पीडित भनिएकी किशोरीको जन्मको बारेमा सम्बन्धित कागजातहरू सम्बन्धित कार्यालयबाट मगाउनु भन्ने  ।

आदेश दिएको बताउनुभयो ।अधिवक्ता घिमिरेले अदालतले क्रिकेटर देव खनाललाई सन्दीप र पीडित भनिएकी किशोरीबीच सम्पर्क गराएकोमा बकपत्र दिन बोलाइएको र किशोरीको मेडिकल टेस्ट गर्ने डाक्टरलाई पनि बकपत्रका लागि बोलाउन आदेश दिएको बताउनुभयो ।

अदालतले पीडित भनिएकी युवतीका दाजुले किशोरी वीरगञ्जमा जन्मिएको भनेपछि सम्बन्धित अस्पतालबाट कागजात झिकाउन अदालतले आदेश दिएको हो ।उहाँले भन्नुभयो, ‘सन्दीप लामिछानेविरुद्धको मुद्दाको बारेमा काठमाण्डौ।

जिल्ला अदालतले सम्बन्धित पक्षलाई बुझ्न पीडित भनिएकी युवतीको जन्मको बारेमा सम्बन्धित कागजातहरू सम्बन्धित कार्यालयबाट मगाउनु भन्ने आदेश भयो ।