सांसद गंगा चौधरीले संसद भित्रैबाट देउवा प्रचण्डलाई लेण्डुप दोर्जे भने पछि…

News

साउन ११, काठमाडौ :।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद गंगा चौधरीको प्रशंसा फेरी चुलिएको छ । हरेक दिन प्रतिनिधीसभाको बैठकमा उनले देश र जनताको पक्षमा दरिलो आवाज उठाउँदै आएकी छिन् ।

सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नागरिकता विद्ययेकको चर्को विरोध गरेर जन ताको धन्यवादकी पात्र बनिरहेकी चौधरीले फेरी अर्को तहल्का पिट्ने खालको अभिव्यक्ति दिएकी छिन् ।

संसद भित्रै बाट उनले सिधै नाम नलिए पनि देउवा र प्रचण्डहरुको अनुहारमा लेण्डुप दोर्जेको अनुहार देख्न थालिएको भन्दै कडा कटा क्ष गरेकी छिन् । सत्तापक्षका नेताहरुको अुनहारमा लेण्डुप दोर्जेको अनुहार देख्न थालेको भन्दै ।

चौधरीले खरो प्रश्न उठाएकी छिन् ।मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद चौधरीले नागरिकता विधेयकको संशोधनमा लेण्डुप दोर्जेको छायाँ देखिएको बताएकी हुन् ।सभामुख महोदय, मेरो दृष्टि भ्रम हो या सबैले यस्तै देखिरहेका छन्

सभामुखको दायाँपट्टी बस्ने सबैको अनुहारमा लेण्डुप दोर्जेको याद दिलाएको छ । नपत्याए नागरिकता विधेयकको संशोधनमा हेरे हुन्छ  लेण्डुप दोर्जेलाई इन्दिरा गान्धीले दिल्लीमा रातो कार्पेट बिच्छ्या एर भव्य स्वागत गर्ने ।

गरेकी थिइन् जबसम्म सिक्किम भारतमा विलय भएको थिएन, चौधरीले भनिन्,यसैगरी आजभोलि नेपाली नेतालाई दिल्लीमा भव्य स्वागत गर्न थालिएको छ । यसैले सभामुख महोदय उहाँहरूको अनुहारमा लेण्डुप दोर्जेको छायाँ देखिन थालेको छ ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ले हालै गरेको दिल्ली भ्रमणप्रति लक्षित गर्दै कटाक्ष गरेकी हुन् ।केहि दिन अघि पनि एमाले सांसद चौधरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लक्षित कडा कटाक्ष गरेकी थिइन् ।

नागरि कता विद्ययेक पारित गर्ने दिन संसदको रोस्टमबाट बोल्दै चौधरीले प्रचण्डको इण्डिया भ्रमण प्रति कटाक्ष गर्र्दैै जदौ मालिक भन्न इण्डिया गएको हो ? भन्दै प्रश्न सोधेकी थिइन् । चौधरीको त्यस दिनको अभिव्यक्ति पनि निकै चर्चित भएको थियो ।ओटिभी नेपाल।

Leave a Reply

Your email address will not be published.