Friday, June 9
Shadow

मलेसियामा १३ जना नेपाली उद्धारको पर्खाइमा, कम्पनीले कामबाट निकालेपछि अलपत्र

काठमाडौं ।

मलेसिया मा १३ जना नेपाली युवा अलपत्र परेका छन् । कम्पनीले कामबाट निकालेपछि उनीहरु एक महिना देखी एउटा कोठामा थुनिएर बसेको बताइएको छ । वैदेशिक रोजगारीका लागि गएको कात्तिकमा मलेसिया पुगेका उनीहरु अलपत्रपर ेपरेपछि उद्धारका लागि अपिल गरेका छन् ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ४ का इन्द्रबहादुर ओली र टीकाराम भण्डारी, वडा नम्बर ११ का टेकबहादुर केसी र सुनील शाहसँगै सुनसरीको बराहक्षेत्र नगरपालिकाका सन्देश राई, दीपकचन्द्र बंशी,।

देवनारायण यादव, भरतप्रसाद यादव, सन्तोष यादव कामविहीन अवस्थामा रहेका छन् । त्यसैगरी सुनसरीकै कोशी गाउँपालिकाका विवेक कुमार मण्डल, हरिनगरा गाउँपालिकाका सुधीरकुमार पाल, कुन्दनकुमार पाल र दीपेन्द्रकुमार पाल अलपत्र परेको हुन् ।

असाध्यै अप्ठ्यारो अवस्थाको काममा लगाएपछि आफूहरू काम गर्न नसक्ने अवस्थामा पुगेको र पालको कम्पनीले झुक्याएर सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाएको उनहिरले बताएका छन् ।आफूहरू नेपालबाट आउँदा ।

जनही दुई लाख ६० हजारदेखि दुई लाख ८० हजार रुपैयाँसम्म तिरेर आएको उनीहरूले बताएका छन् । अब नेपाल फर्काइदेउ भन्दा कम्पनीले उल्टै पैसा माग्ने गरेको उनीहरूको गुनासो छ ।