Monday, January 30
Shadow

बालेनले राजेन्द्रलाई यो जमामानामा पनि राजा खोज्न लाज लाग्दैन भन्दै थर्का’एपछी…

काठमाडौ ।

सरकार गठनको प्रक्रियालाई लिएर पछिल्लो चरणमा काठमाडौंका मेयर बालेन्द्र शाहले एकपछि अर्को धारणा राखेका छन । यतिबेला सरकार गठन भन्दा उनका स्टेटसहरु भाइरल भैरहेका छन ।

सरकार गठनको लागि संबिधनमा व्यवस्था भए अनुसार दलहरुले आ-आफ्नो पक्षमा बहुमत जुटाउन गरिएका हर प्रयासहरु संसदीय व्यवस्थाको सामान्य चरणहरु हुन । दलहरु पनि चरणबद्ध रुपमा छलफल गरेर जता बहुमत जुट्छ त्यसरी नै सरकार निर्माण गर्ने क्रममा थिए र निर्णय लिए ।

यो चरणमा माओवादी-काँग्रेससहित र माओवादी-एमालेसहितको दलहरुको छलफल भयो र अन्तमा माओवादी-एमालेसहितका दलहरुको पक्षमा बहुमत प्राप्त भयो । हो यी प्रक्रियाहरु राजनीति बुझेको मानिसको लागि एउटा सामान्य प्रक्रिया हुन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधान मन्त्री बनाउन एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल, जनमत पार्टी, जसपासहित गरि १६६ सांद तयार भएर राष्ट्रपतिसमक्ष पेश गरे । राजनीति बुझेको मानिसको लागि यो नौलो कुरा होइन ।

माओवादी-कांग्रेससहितको सत्ता गठबन्धनमा कांग्रेसले पुरानो सह मति कार्यान्वयन नगरेपछि राजनीति यो कोर्षमा जानू स्वभाविक थियो । बहुमत जुटाउन आवश्यक भएकोले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासहित अन्य दलहरु पनि सरकारमा जानू पनि सामान्य प्रक्रिया हो ।