नेकपा एकीकृत ।
समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा संगै जाने सहमति तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको गुनासो गर्नुभएको छ ।
सत्ता गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बन्नुभएपछि नेपालले आफूहरुलाई कांग्रेस र माओवादी दुवै पक्षबाट धोका भएको भन्दै बैठकमा यस्तो धारणा राख्नुभएको हो ।
नेकपा एमालेका बरिष्ठ नेता नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानकै लागि अध्यादेश ल्याएर एमाले बिभाजन गरी पार्टी दर्ता गर्नुभएको थियो ।
पछिल्लो घटनाक्रममा कांग्रेसले अपमान गरेको बताउँदै नेपालले बैठकमा प्रचण्डबाट पनि धोका भएको गुनासो गर्नुभएको हो ।