Sunday, March 26
Shadow

२० महिनापछिको भेटमा माधव-ओलीले के-के कुरा गरे ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाज  वादीका अध्यक्ष माधवकुमार नेपालबीच २० महिनापछि सम्वाद भएको छ ।सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण समारोहमा सहभागी हुन ।

शीतल निवास पुगेका दुई पूर्वप्रधानमन्त्री एकै ठाउँमा बस्न पुगेका थिए । लामो समय एउटै पार्टीमा रहेका, तर अहिले अलग भएका दुई नेता भेट हुँदा लामो समय नबोली बस्ने अवस्था हुन्न ।मञ्चमा शपथ ग्रहण चलिरहँदा ओलीले माधव नेपाललाई कोट्याएर सोधे, ‘तपाई बिरामी हुनुहुन्छ भन्ने सुनेको थिएँ ।

अहिले कस्तो छ ?’निमोनियाको लक्षण देखिएपछि गत मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका अध्यक्ष नेपालले अहिले आफ्नो अवस्था ठीकै रहेको बताए । र, बेलाबेला स्वास्थ्यमा सामान्य समस्या आउने बताए ।

त्यसपछि भने थप सम्वाद भएन ।प्रधानमन्त्री र मन्त्रीहरुको शपथ सकिएपछि शीर्ष नेताहरुका लागि राष्ट्रपति कार्यालयले खाजाको व्यवस्था गरेको थियो । संयोग नै मान्नुपर्छ, फेरि ओली र नेपाल एकै ठाउँमा परे ।

त्यहाँ भने दुई नेताबीच राजनीतिक विषयमा पनि सम्वाद भएको नेताहरु बताउँछन् ।दुई नेताको नजिकै रहेका एक सहभागीका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै एमाले अध्यक्ष ओलीले ‘म पनि किनारामा बसेर हेरिरहेको छु’।

भनेका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि ‘तपाईं मात्र किन ? म पनि किनारामै बसेर हेरिरहेको छु’ भन्ने जवाफ दिएका छन् ।