Monday, January 30
Shadow

अन्तत: ओलीले गरे वाचा, प्रचण्डको कार्यकाल सक्कियपछीको प्रधानमन्त्री रवी लामिछाने !

सरकार गठनबारे संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी पनि छलफलमा जुटेको छ । रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले सबै पक्षसँग छलफल भइरहेको बताए ।

‘मुख्य दल भनेको ४/५ वटा हो । सबै पक्षसँग छलफल गरिरहेका छौँ । तर निचोड निस्किएको छैन,’ उनले भने ।कांग्रेस, एमाले, माओवादी लगायतका दलहरूसँग छलफल भइरहेको उनले बताए । ‘एक अर्को दलसँग छलफल भइरहेको छ,’ उनले भने ।

रास्वपाले आफूहरूको एजेन्डामा सहमति भएमा सरकारमा जाने बताउँदै आएको छ । ‘हाम्रो एजेन्डा जाने हो । सरकारमा जान हाम्रो एजेन्डामा सहमत हुनुपर्छ,’ उनले भने ।यसअघि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्पवालाई पनि सरकारमा सहभागी गराउनु पर्ने टिप्पणी गरेका थिए ।

तर प्रवक्ता ढकालले कांग्रेसका नेताहरूसँग छलफल भए पनि महामन्त्री शर्मासँग छलफल नभएको बताए ।कांग्रेसको अरु नेतासँग छलफल भइरहेको छ । त्यही कुरा उहाँसँग पनि पुगेको होला,’ उनले भने ।

राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय आज सकिने भएकाले संसदमा प्रतिनिधित्व गर्ने ठूला दलहरूले छलफललाई तीव्रता दिएका छन् ।