एक्कासी धरानका लोकप्रिय मेयर हर्क साम्पाङ यसरी धरधरी रोए

Sport

धरान साउन १४ ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ धेरैले कट्टोर मन भएको र एक आशावादी व्यक्तिको रुपमा चिन्छन् तर आज एक कार्यक्रममा बोल्दा बोल्दै भावुक बनेका छन् । उनी भावुक बनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आज बिहान सर्दु र निशाने खोलाको दोभान क्षेत्रमा वृक्षरोपण कार्य क्रम रहेको थियो उनी समयमै उक्त स्थानमा पुगेका थिए ।पानी झारीमा भिज्दै मेयर हर्क साम्पाङले आफुलाई साथ दिन आएका अन्य थुप्रै सहभागि सदस्यहरुसँग सँगै विरुवा रोपे ।

सोही कार्यक्रममा आएका मिस धरान सौन्दर्य प्रतियोगितामा सह भागि प्रतियोगीहरुलाई मेयर हर्क साम्पाङले छोटो ‘मोटिभेस्नल स्पिच’ दिने कार्यक्रम पनि रहेको थियो । सोही क्रममा उनी निक्कै भावुक भएका थिए ।

मेयर साम्पाङले सर्दु खोला किनारमा नै प्रतियोगीहरुलाई सम्बोधन गर्दै प्रेरणादायी कुराहरु गर्दै थिए । त्यसैक्रममा उनले आफ्नो देश भक्तिपुर्ण गीतको सन्दर्भ झिके । उनले गीतको बोल भन्दैगर्दा एक्कासी मेयर साम्पाङ भावुक भए, र रुन पुगे ।

उनले आफुलाई सम्हाल्न खोज्दा खोज्दौ पनि सकेनन्, र धरधरी रोए । वरीपरी भएकाहरु पनि यो दृष्यले निक्कै भावुक भएका थिए मेयर साम्पाङले आफु सानो मान्छे भएपनि देश, विदेशबाट पाएको साथ, माया र समर्थनले आफुलाई भावुक बनाएको र रुन पुगेको प्रतिक्रिया दिए ।

‘मान्छे हो, घरी मान्छेलाई हाँस उठ्छ, घरी रिस उठ्छ, रुन पनि मन लाग्दो रहेछ, त्यो स्थितिमा मलाई आज अचानक फिल भयो,’उनले भने,‘कुनै दुःख र पीडाले होइन, हर्षले नै म रोएको हो ।’

Leave a Reply

Your email address will not be published.