बुधबार , जेठ ४, २०७९

एमालेमा महाभुकम्प : दुई महिना नपुग्दै दुर्गा प्रसाईद्वारा एमाले परित्याग

माघ १३, २०७८ बिहिबार 149

यो पनि एमाले जिल्ला अधिवेशन ।

ओली पक्षको ‘पेलान’ले कतै सन्यास, कतै विश्राम !नेकपा एमालेको जिल्ला अधिवेशनबाट सहमतिका नाममा संस्थापन पक्षले एकलौटी गरेको भन्दै असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन् ।यस्तो असन्तुष्टिसँगै केही पुराना।

र त्यागी नेताहरुले सक्रिय राजनीतिबाटै सन्यास र विश्रामको घोषणा गरेका छन् ।यसरी सन्यास र विश्रामको घोषणा गर्ने नेताहरुमा नवलपुर र दाङका पुराना नेताहरु अग्रपंक्तिमा रहेका छन् । नवलपुर जिल्लाका पुराना नेता जीवन श्रेष्ठलाई।

संस्थापन पक्षले पाखा लगाएपछि उनले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।त्यस्तै दाङका नेता टीकाराम खड्काले पनि नेतृत्वबाट सही मूल्यांकन नहुँदा विश्राम लिने घोषणा गरेका छन् । उनीहरु दुबै जिल्ला अध्यक्षको दावेदार थिए ।

नवलपुरमा एमाले जिल्ला अधिवेशनका क्रममा ५ दिन बन्दसत्र चलेपछि इन्चार्ज तिलक महतले सहमति जुटाउने नाममा चुनावी प्रक्रिया नै स्थगित गर्न पुगे । चुनावी प्रक्रिया स्थगित गरेर महतले अध्यक्षका आकांक्षी जीवन श्रेष्ठलाई ‘बाइपास’ गरेर मुक्तिराम पाण्डेलाई अध्यक्ष घोषणा गरे ।

जबकी यो जिल्लामा श्रेष्ठको पक्षमा ८० प्रतिशत मतदाता रहेको एमाले कार्यकर्ताहरु नै बताउँछन् । यसरी पाण्डेलाई एमालेको अध्यक्ष घोषणा गरेपछि मतदातामा लोकप्रिय रहेका र अध्यक्षमा दाबी गरेका नेता श्रेष्ठले आफूमाथि अन्याय भएको भन्दै राजनीतिबाट सन्यासको घोषणा गर्न बाध्य भए ।

प्रतिकृया दिनुहोस्