Friday, June 9
Shadow

‘कम्पनीले समुद्रमा फालिदिन्छु भन्दै गाडीमा हालेर लग्दा बाँच्छु भन्ने लागेकै थिएन’ ……

काठमाण्डौ – ‘विदेश गएपछि ।

 

 

देश फर्कन पनि कहाँ सजिलो रहेछ र, बिदेसिएकाहरू घर फर्कनु भनेको त युद्ध जित्नु सरह रहेछ’, इलामका होमनाथ चापागाईँ मलेसियाबाट घर फर्कन आफूले गर्नु परेको सङ्घर्ष सम्झँदै भन्नुहुन्छ ।

 

 

मलेसियामा सेक्युरिटीको काममा जानुभएका होमले कम्पनीले दिएको शारीरिक र मानसिक पीडा सहँदै काम गर्दा बिरामी भएर ज्यान थला परेपछि आफूलाई आफ्नै देश फर्काइदिन आग्रह गर्नुभयो । तर उसकै नामको भिसा लिएर गइसकेपछि स्वदेश फर्कन त परको कुरा मर्न पनि  ।

 

 

अनुमति चाहिने रहेछ भन्नुहुन्छ होम ।होमलाई लाग्थ्यो ‘सायद अब यो देशबाट जिउँदै घर फर्कन लेखेकै छैन ।’ किनकि पाँच वर्ष रगत पसिना बगाएको कम्पनीले कुनै दिन पनि मानवीय व्यवहार नै गरेन । बिरामी हुँदा वास्ता गरेन ।

 

 

डर र धम्की दिँदै काममा लगायो । जब गुहार माग्दै दूतावासको कार्यालयसम्म पुग्दा दूतावासले समेत गाली गर्दै कम्पनी मै फर्काएपछि भने घर फर्कने होमको आशा निराशामा बद्लियो ।सन् २०१६ को नोभेम्बर १३ मा होमले मलेसियामा पाइला टेक्नुभएको थियो । उमेरले ४० टेक्नुभएको थियो ।

 

 

गाउँघरमै अलिअलि काम गर्दा घर चलेन । उल्टो ऋण बढ्यो । त्यसमा १ लाख ५० हजार रुपैयाँ ऋण थप्नुभयो र घरमा सात वर्षका छोरा र श्रीमती छाडेर परदेश लाग्नुभयो होम ।