खोटाङ, ७ पुस :खोटाङमा ।
सुत्केरी उद्धारका लागि आएको हेलिकोप्टरको हावाले बाइक पल्टाउँदा भाइजरमा क्षती पुगेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकोप्टर बिहीबार दिक्तेलको हेलिप्याडमा ल्याण्ड गर्नेक्रममा प्रदेश १–०५–००प १५२९ नम्बरको बाइकलाई डिलमुनी खसाएको हो ।
हेलिप्याडको डिलबाट करिब १५ मिटर तल रहेको सडकमा खसेको बाईकको भाइजर लगायतका भाग फुटेको छ ।हेलीप्याडको डिलमा पार्किङ गरेर राखिएको चार/पाँच वटा बाईकमध्ये एउटा बाईकलाई हेलिकोप्टर ल्याण्ड गर्ने।
क्रममा हावाले पल्टाएर डिलमुनी खसाएको थियो ।सुत्केरी भएपछि रक्तश्रावको समस्या देखिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २१ वर्षीया इन्द्रकला राईलाई लनका लागि दिक्तेलमा हेलिकोप्टर आएको थियो ।
नगरपालिकाले हेलिप्याडसम्म पुग्ने सडक खोलेपछि हेलिप्याडमा बाइक पार्किङ गर्न थालिएको छ ।