Sunday, March 26
Shadow

तोकियो रबी लामिछानेको तलब, भत्ता र अन्य सुबिधा, VIP रुपमा शिंहदरबार प्रवेश !

काठमाडौँ ।

 

 

प्रतिनिधिसभाका नवनिर्वाचित २ सय ७५ सांसदले शपथग्रहण गरेकै दिनदेखि राज्यबाट सुविधा पाउने भएका छन् । सत्तारूढ दलले शपथग्रहणपछि मात्रै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने भएकाले संसद् सचिवालयले शपथ गराउने तयारी गरिरहेको छ ।

 

बैठक ढिलो बसे पनि सांसदहरूले शपथग्रहण गरेदेखि नै सुविधा पाउने संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । संसद् बैठकसमेत पुसभित्रै बसिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । नयाँ सांसदलाई शपथको दिन कानुनको संग्रह, डायरी, झोला, कलम, शपथ राख्ने फाइल दिइनेछ ।

 

 

विगतमा दाताको सहयोगमा झोला दिने गरिएकामा यसपालि दाता गुहारिएको छैन । सांसदहरूलाई दिने डायरी छुट्टै छापिएको छ ।सांस दहरूलाई मासिक अतिथि सत्कार भत्ता पनि दिइनेछ । सांस दले निजी सचिवालयका लागि कर्मचारी सुविधा पनि पाउनेछन् । सांसदको कोठा व्यवस्थापन गर्न सुरुमै फर्निचरको एकमुष्ट पैसा उपलब्ध गराउने कानुनी व्यवस्था छ ।

 

 

सांसदहरूले तलबबापत मासिक ६६ हजार ७० रुपैयाँ पाउनेछन् । काठमाडौं उपत्यकामा घर नभएका प्रत्येक सांसदले घरभाडाबापत मासिक १८ हजार रुपैयाँ पाउने छन् । घर हुने सांसदले भने घर मर्मतसम्भारबापत मासिक ८ हजार रुपैयाँ पाउँछन् ।

 

 

बिजुली, पानी, इन्टरनेट, टेलिफोन महसुल र पत्रपत्रिकाबापत मासिक ३ हजार रुपैयाँ दिइन्छ । इन्टरनेटसहित एउटा टेलिफोन लाइन जडान गर्न लाग्ने धरौटी तथा अन्य खर्च पनि सचिवालयले उपलब्ध गराउनेछ  ।

 

 

सांसद बिरामी परे उपचारसमेत सरकारकै खर्चमा हुनेछ । अस्पताल भर्ना भएर गरिएको उपचार खर्च मात्र नभएर नियमित सेवन गर्ने औषधिसमेत सचिवालयले उपलब्ध गराउँछ । नियमित पारिश्रमि  कबाहेक थप रकम चाहिए पेस्की लिने सुविधा हुनेछ ।

 

 

सांसदले आफूले पाउने तलबको बढीमा तीन महिनाको तलबबा पतको पेस्की पाउने व्यवस्था छ । बैठक बस्दा दैनिक १ हजार यातायात खर्च र १ हजार बैठक भत्ता दिइन्छ ।

 

 

सत्तापक्षका नेता, विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक र संसदीय समिति सभापतिले गाडी सुविधा पाउँछन् ।